रक्सी खाँदा सात जनाको मृत्यु

 मंसिर १३, २०७५ बिहिबार ८:१०:२५ | एजेन्सी
unn.prixa.net

भारतको पश्चिम बंगालमा विषालु रक्सी खाँदा सात जनाको ज्यान गएको छ । विषालु रक्सी खाएर बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ ।  समाचार एनेन्सी पीटीआईसँग कुरा गर्दै पश्चिम बंगाल राज्यमन्त्री अमित मित्राले यो कुराको पुष्टि गरेका छन् । 

मित्राले दिएको जानकारी अनुसार राज्य सरकारले यो घटजनको छानविनका लागि सीआईडीलाई आदेश दिएको छ । उनले विहार र झारखण्डबाट विषालु रक्सीको तस्करी कसले गर्दैछ भन्ने पत्ता लाग्ने बताएका छन् । उनले ज्यान गुमाउनेका परिवारलाई दुई दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन् । 


 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया