नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

 मंसिर १३, २०७५ बिहिबार ९:४०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा महासमिति बैठकमा पेश हुने विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कांग्रेसले जनाएको छ । 

मस्यौदामा केन्द्रीय सदस्यको धारणा समेटेर सकेसम्म सहमतिकासाथ महासमिति बैठकमा लैजाने र नमिलेका कुरा महासमितिमै छलफल गरी सहमति  खोज्ने तयारी रहेको कांग्रेस नेताहरुले बताएका छन् । बिहीबारको बैठकमा धारणा पेश गर्न बुधबार संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बेग्लाबेग्लै छलफल गरेका छन् । 

दुबै पक्षले नयाँ विधानमा आफू अनुकुल हुने खालका प्रावधान राख्न जोड दिइरहेका छन् । विधानको मस्यौदा महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी छ । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया