अब्राहमको पहिलो ह्याट्रिक, १० गोल हुँदा पनि खेल बराबरीमा रोकियो

 मंसिर १३, २०७५ बिहिबार १०:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

ट्यामी अब्राहमले करियरको पहिलो ह्याट्रिक गर्दा पनि विपक्षी टिमलाई हराउन सकेनन् । इंग्ल्याण्डको दोस्रो डिभिजन च्याम्पियनसिप अन्तर्गत एष्टन भिल्ला र नटिंघम फरेस्टबीच भएको खेलमा १० गोल भए, एउटा रातो कार्ड पनि निस्कियो । 

नटिंघमले सुरुवातमा नै २–० को अग्रता लियो । तर, पहिलो हाफ सकिँदा खेल ३–३ को अवस्थामा थियो । खेलमा नाटकीय क्षण यतिमा रोकिएन । दोस्रो हाफमा फरेस्टका एक खेलाडीले रातो कार्ड पाए र थप चार गोल पनि भए । खेल पाँच–पाँच गोलको बराबरीमा सकियो । 

यस क्रममा ट्यामी अब्राहमले करियरको पहिलो ह्याट्रिक पूरा गर्दै चार गोल गरे । तेस्रो मिनेटमा नै लुइस ग्राबनले फरेस्टलाई अग्रता दिलाए । छैटौं मिनेटमा हाओ कार्भाल्होले पाहुना टोलीको अग्रता २–० मा लम्ब्याए । ११औं मिनेटमा अब्राहमको हेडर गोल गर्दै एस्टनभिल्लालाई खेलमा फर्काए । त्यसको तीन मिनेटपछि नै अब्राहमले ब्यक्तिगत दोस्रो गोल गरेपछि एस्टन भिल्ला खेल २–२ गोलको बराबरीमा पु¥याउन सफल भयो । 

२२औं मिनेटमा म्याटी क्यासले गोल गरेपछि फरेस्टले फेरी अग्रता लियो । ३६औं मिनेटमा अब्राहमले ह्याट्रिक पूरा गर्दा फेरी खेल ३–३ गोलको बराबरीमा पुग्यो । पहिलो हाफमा ६ गोल भए । तर खेलको रोमाञ्चकता यतिमा रोकिएन ।

५१औं मिनेटमा जो लोलीले गोल गर्दै फेरी नटिंघमलाई ४–३ को अग्रता दिलाए । ६८औं मिनेटमा जोन म्याकगिनलाई फल गरेका कारण नटिंघमका फिगुइरेडोलाई राटो कार्ड देखाइयो । त्यसको फाइदा एस्टनभिल्लाले तीन मिनेटमा नै उठायो ।

अब्राहमले चौथो गोल गर्दै खेल ४–४ को स्थितिमा पुर्‍याए । ७५औं मिनेटमा एल घाजीले गोल गरेपछि एस्टन भिल्लाले पहिलो पटक खेलमा अग्रता लिन सफल भयो । तर ८२औं मिनेटमा नटिंघमका ग्राब्बनले गोल गरेपछि खेल ५–५ गोलको बराबरीमा पुग्यो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया