अफगानिस्तानको काबुलमा भएको आक्रमणमा ११ जना नेपाली घाइते

 मंसिर १४, २०७५ शुक्रबार ९:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तानको काबुलमा बुधबार भएको आक्रमणमा ११ जना नेपाली नागरिक घाइते भएका छन् । 

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले बुधबार भएको आक्रमणमा ११ नेपाली र पाँच बेलायती नागरिक घाइते भएका पुष्टी गरेको हो । उनीहरू कार्यरत रहेको बेलायती सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई यसबारेमा जानकारी गराएको जनाएको छ ।

बुधबार जीफोरएसको कार्यालय परिसरमा विद्रोही समुह तालिवानको आक्रमणमा परि चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया