नवीनको उपचारका लागि मेयरले  दिइन् २० हजार

 मंसिर १४, २०७५ शुक्रबार १५:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – डडेल्धुरा दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा भन्ने ठाउँमा गएको बिहीबार स्कुल बस दुर्घटनामा परि घाइते भएका डोटीको दिपायल सिलगढी नगरपालिका ४ पिपल्लाका नवीन बिकको उपचारका लागि दिपायल सिलगढी नगरपालिकाका मेयर २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ ।

घाइते बालक नवीनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको र उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशन/प्रसारण भएपछि दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले उपचारका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

नवीनसँगै दुर्घटनामा परि घाइते भएकी उनकी ११ वर्षीया दिदी दीपा बिकलाई उहाँले २० हजारको चेक हस्तान्तरण गर्नु भएको हो । बस घटनामा नवीनकी आमा शशी बिकको ज्यान गएको थियो । त्यस्तै उपचारपछि घर फर्किएपछि नवीनसहित उनका दाजु र दिदीलाई दिपायल सिलगढी नगरपालिका निःशुल्क पढाउने व्यवस्था मिलाइने नगर प्रमुख मलासीले बताउनुभयो ।

डडेल्धुराको उग्रतारा मन्दिरमा मेला भरेर फर्किँदै गरेको बस दुर्घटना हुँदा १८ जनाले अन्यले ज्यान गुमाएका थिए भने २८ घाइते छन् । घाइते बालक नवीनका बुवा गएको ५ वर्षदेखि घर परिवारबाट सम्पर्कविहीन छन् । अभिभावकको रुपमा रहेकी आमाको मृत्यु भएपछि नवीन र उनका दाजु दिदी पनि बेसाहारा भएका हुन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया