सुर्खेतमा बस दुर्घटना : २ जनाको मृत्यु, ४२ जना घाइते

 मंसिर १५, २०७५ शनिबार १९:५५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत – सुर्खेतमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

लेकबेशी नगरपालिकाकी जानकी दर्लामी र देउमाया बनकाटेको बस दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा ४२ जना घाइते भएका छन् ।  ९ जना गम्भीर घाइते छन् । पिकनिक खाएर फर्कँदै गरेको भे १ ख ८४९ नम्बरको बस कपासे नजिकै दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारको  लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया