जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डको विजयी यात्रा कायमै

 मंसिर १६, २०७५ आइतबार ६:३०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डले विजयी यात्रा कायमै राखेको छ । लिगमा १२ खेल खेलेको डर्टमण्डले ९ मा जित तथा ३ खेलमा बराबरी गर्दै ३० अंकका साथ शीर्ष स्थानमा राख्न सफल भएको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले फेरिबर्गमाथि २–० को जित निकालेको हो ।

मार्को रेयुसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको डर्टमण्डले दोस्रो हाफको अन्त्यतिर अर्को गोल गरेको थियो । उसका लागि फ्रान्स्किो एलसेयरले गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

बुन्डेस लिगा अन्तर्गत शनिबार राति भएका खेलमा बायर्न म्युनिखले वेरडेर बरमेनमाथि २–१ को जित निकालेको थियो । बायर्नको जितमा सर्जे गेनबेरले २ गोल गरेका थिए । उनले २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा योया ओसाकाले गोल गर्दै बरमेनलाई खेलमा फर्काएका थिए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलको दोस्रो हाफमा बायनले १ गोल थप्दै जित सुनिश्चित गरेको हो ।

५० औं मिनेटमा गेनबेरले गोल गरेका थिए । त्यसपछि दुबै पक्षबाट थप गोल नभएपछि बायर्न स्पष्ट तीन अंक जोड्दै तालिकामा २४ अंकका साथ तेस्रो स्थानमा पुग्न सफल भयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया