रियल मड्रिडकाे जित

 मंसिर १६, २०७५ आइतबार ७:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल मड्रिडले जित हात पारेको छ । भ्यालेन्सियालाई २–० ले हराउँदै रियल पाँचौं स्थानमा उक्लियो ।

सान्टियागो बर्नाबाउमा भएको खेलको शुरुवातमै रियलले आत्मघाती गोलबाट अग्रता लिएको थियो । आठौं मिनेटमा डेनियल कार्भाहलको प्रहार क्लीयर गर्न खोज्दा डेनियल वासले आफ्नो पोस्टमा हेडर गोल गरेका थिए ।

२८औं मिनेटमा ग्यारेथ बेलको क्लोज रेन्ज सट भ्यालेनिसयाका गोलकिपर नेटोले विफल बनाइदिएपछि पहिलो हाफमा रियल पहिलो हाफमा एक गोलको अग्रतामै सीमित बन्यो । दोस्रो हाफमा घरेलु टिमलाई दबाब दिन सफल भ्यालेन्सियाका सान्टी मिनाले ५४ मिनेटमा वन भर्सेस वनको अवस्थामा गोलकिपर थिवाबट कार्ट्वालाई विट गर्न सकेनन् ।

७८औं मिनेटमा मार्को एसेन्सियोको सशक्त प्रहा भ्यालेन्सियाका डिफेन्डरले बचाए । त्यसको लगत्तै भ्यालेन्सियाका मिची बात्ुआईको प्रहार कोर्ट्वाले विफल बनाइदिए । तर ८३औं मिनेटमा रियलले गोल गर्‍यो । डि एरियाभित्र करिम बेन्जेमाले पास दिएको बललाई लुकास भाज्क्वेजले गोलमा परिणत गरे ।

जितसँगै रियल १४ खेलबाट २३ अंक बटुल्दै पाँचौं स्थानमा उक्लिएको छ भने भ्यालेन्सिया समान खेलबाट १७ अंक बनाउँदै १३औं स्थानमा छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया