पशुपति प्रताप पुस्तकालयको भवन निर्माणका लागि ५० हजार सहयोग

 मंसिर १६, २०७५ आइतबार ११:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – पशुपति प्रताप पु्स्तकालयको भवन निर्माण सहयोगका लागि स्थानीय समाजसेवी हरिराज शर्माले ५१ हजार १ सय १५ रुपैया सहयोग गर्नु भएको छ । आइतबार पुस्तकालय परिसरमा आयोजित एक कार्यक्रममा समाजसेवी हरिराज शर्माले पुस्तकालयका अध्यक्ष राजेश कुमार पाण्डेयलाई रकम हस्तान्तरण गर्नुभएको हो । 

समुदाय स्तरबाट स्थापित नेपालकै जेठो पुस्तकालयको रुपमा परिचित यो पुस्तकालय राणाकालीन अवस्थामा विक्रम सम्वत् १९९३ सालमा स्थापना भएको हो । 

आफ्ना हजुरबुवा स्वर्गीय पण्डित रश्मीराज शर्मा पुस्तकालयको संस्थापक रहनु भएको र  पिता स्वर्गीय देवराज शर्मा पुस्तकालयको प्रवद्र्धकको रुपमा रहनु भएको स्मरण गर्दै आफूले पनि पुस्तकालय भवन निर्माणका लागि सहयोग गरेको बताउनुभयो । समुदायका सचेत अगुवाहरुले स्वतस्फूर्त रुपमा लुकीछिपी स्थापित यस पुस्तकालयमा प्रजातन्त्र स्थापनाका लागि अभियान संचालन हुने गरेको थियो ।

पुस्तकालय भवन निर्माणका लागि अहिलेसम्म ३० लाख ९१ हजार ६ सय २ रुपैया सहयोग प्राप्त भैसकेको अध्यक्ष पाण्डेयले बताउनु भयो । पुस्तकालय परिसरमा रहेका सटर कोठाका व्यवसायीहरुसंग भवन निर्मााणका लागि २१ लाख रुपैया त्रृmण सहयोग लिएका छौं, अध्यक्ष पाण्डेयले भन्नु भयो, “२ तले पुस्तकालय भवन निर्माण कार्यमा अहिलेसम्म ७० लाख १४ हजार २ सय २९ रुपैया खर्च भएको छ ।”

रकम हस्तान्तरण कार्यक्रममा पुस्तकालय समितिका पूर्व अध्यक्ष अमृतचन्द्र ठाकुर, जय प्रकाश पाण्डेय साहित्यकारहरु पशुपतिमणि त्रिपाठी, श्यामप्रकाश लाल श्रीवास्तव, लक्ष्मण पंथी, अधिवक्ता भोला विश्वकर्मालगायतको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया