मेलम्चीको पानी २०७५ सालभित्र काठमाडाैं नआउने पक्का

 मंसिर १६, २०७५ आइतबार १३:३७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - मेलम्ची आयोजनाको पानी काठमाडौंमा चैत यता नआउने पक्का भएको छ । 

आयोजनाको काम मार्चको अन्तिमसम्म मात्रै सकिने भएकाले पानी आउन कम्तिमा २०७६ सालको वैशाख कुर्नैपर्ने भएको हो । संसदको विकास समितिमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले योजनाको भौतिक काम चैतसम्म सकिने जानकारी दिनुभयो । 

गएकाे जेठमा दसैंभित्र मेलम्चीकाे पानी काठमाडाैं ल्याइने गरी काम भएकाे बताइए पनि मेलम्ची अउन अझै केही महिना कुर्नुपर्ने भएकाे हाे । त्यतिबेला ठेकेदार कम्पनीले स्थानीयसँग गरेको सहमति अनुसारको माग पूरा नगरिएकाले स्थानीयले काममा अवरोध गरेकाले  दसैंभित्र पानी ल्याउन नसकिने बताएकाे थियाे ।

मेलम्चीको २६ किलोमिटर सुरुङको काम अबको ३० दिनमै सकिने भए पनि आयोजनाको मुख्य प्रवेशमार्गको काम सक्न अझै १३० दिन लाग्ने कार्यकारी निर्देशकले जानकारी दिनुभयो । 

सुरुङ सफा गर्ने र जोखिम न्यूनीकरणका काम ३० दिनमा सकिने आयोजनाको दावी छ । सुरुङको काम सकिएपछि ४५ दिन उपकरण जडान गर्न समय लाग्ने आयोजनाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया