साहित्यकार झमक घिमिरे सम्मानित

 मंसिर १६, २०७५ आइतबार १६:२३:५३ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – साहित्यकार झमक घिमिरेलाई तमोर भ्याली सेकेण्डरी स्कुलले नगदसहित सम्मान गरेको छ ।

धनकुटा नगरपालिका–७, मा रहेको तमोर भ्याली स्कुलले आफ्नो रजत जयन्तीको अवसर पारेर साहित्यकार झमक घिमिरेलाई नगदसहित सम्मान गरेको हो । स्कुलले २५ आैं वार्षिक उत्सव (रजत जयन्ती) तथा आठौं फडिन्द्रप्रसाद लुइटेल स्मृति दिवसको अवसरमा नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार घिमिरेलाई सम्मान गरेको छ ।

सप्ताहव्यापी रुपमा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम गरी २५ औं वार्षिक उत्सव मनाउने क्रममा स्कुलले सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सांस्कृतिक कार्यक्रमसहित साहित्यकार घिमिरेलाई सम्मान गरेको छ ।

कार्यक्रममा साहित्यकार झमक घिमिरेलाई नगद २५ हजार तथा सम्मान–पत्रले सम्मान गरिएको विद्यालयका शिक्षिका देवीका लुईटेलले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया