नौवटा टिप्पर प्रहरीको नियन्त्रणमा

 मंसिर १६, २०७५ आइतबार १७:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – वडा प्रहरी कार्यालय लमहीले अटेर गरेर सवारी चलाएको भन्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमहीबाट ९ वटा टिप्पर र १ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

बजार क्षेत्रभित्र अत्याधीक गतिमा सवारी कुदाउने, धुलो उडाउने गरेको बजार क्षेत्रका व्यवसायीहरुको गुनासोलाई मध्येनजर गर्दै केही दिनअघि लमहीमा क्रियाशिल सरोकारवालाहरुको बैठकले बिहान ९ देखि ११ बजे र दिउँसो ३ देखि बेलुका ५ बजेसम्म बजार क्षेत्रभित्र टिप्पर र ट्रक चलाउन नपाइने उक्त निर्णय गरेको थियो ।

निर्णयलाई बेवास्ता गर्दै मालबाहक साधन निर्वाध चल्न थालेपछि नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

देउखुरीका अधिकाशं क्रसर कम्पनी र बालुवा प्रशोधन कम्पनीहरुबाट टिप्परले पानीसहित बोकेको बालुवाबाट पानी चुहिने गरेपछि सडक कमजो तथा बिग्रने, अन्य सवारी साधन चिप्लेर दुर्घटना हुने भएको भन्दै नियमविपरीत सञ्चालन गरेका सवारी साधनहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया