रविन्द्र मिश्रको प्रश्न : नेतृत्व र सुशासन पुरस्कार लिन अप्ठ्यारो लागेन प्रधानमान्त्री ज्यू ?

 मंसिर १७, २०७५ सोमबार १३:५४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कुनै धर्म प्रचारक संस्थाले दिएको पुरस्कार प्रधानमन्त्रीले थाप्दा देशकै अपमान भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मिश्रले देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो त्यसैका लागि शीर नुहाउँदा सम्मान नभई अपमान भएको बताउनुभएको हो ।

‘तपाईँको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो’, मिश्र लेख्नुहुन्छ, ‘यो त अति भयो, तपाई देशको प्रधानमन्त्री हामी सबैको प्रधानमन्त्री तर देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो त्यसैका लागि शीर नुहाउने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सम्पन्न एसिया प्यासिफिक समिटमा युनिभर्सल पीस फेडेरेसनले ‘गुड लिडरसिप एन्ड गभरनेन्स अवार्ड’ प्रदान गरेको थियो । प्रधानमन्त्री ओलीले यो अवार्ड पाएसँगै चौतर्फी आलोचना भइरहेको छ । संयोजक मिश्रले देशमा खराब नेतृृत्व र कुशासनका लागि हरदिन यति बिघ्न आलोचना भैइरहेका बेला नेतृत्व र सुशासन पुरस्कार लिन अफ्टेरो लागेन भन्दै प्रधानमन्त्री ओलीलाई प्रतिप्रश्न गर्नुभयो ।

उहाँ अघि लेख्नुहुन्छ, ‘कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदी सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ ?’

‘बारम्बार नागरिककै मत जितेर आउनुभएकोले हामी नेपाली तपाईँकै लागि योग्य छौं भन्ठान्नुभएको होला’, मिश्रले लेख्नु भएकोछ, ‘तर अब तपाईँको त्यो भ्रम लामो समय टिक्नेवाला छैन ।’


 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया