ओली सरकारले आफ्नो धज्जी आफैँले उडायो : मोहन बैद्य

 मंसिर १८, २०७५ मंगलबार १७:१२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रुपन्देही – नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य (किरण) ले सरकारसँग भिजन र मिसन नै नभएको आरोप लगाउनु भएको छ ।

मंसिर १२ देखि १७ गतेसम्म बुटवलमा चलेको पार्टीको केन्द्रीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकार आफैँले आफ्नो धज्जी उडाइरहेको बताउनुभयो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा ओली सरकार पुरै असफल भएको बैद्यको आरोप छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई गोलबन्द गरी एकीकृत कम्युनिष्ट आन्दोलनको उठान गर्न लागि परेको भन्दै महासचिव बैद्यले त्यसका लागि संगठन र सघर्षको मोर्चाबाट अगाडि बढ्ने बताउनुभयो ।

उहाँले नेपालको संघीयताको संरचना नै गलत भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया