कैलालीमा शिक्षकविरुद्ध प्रहरीमा जबरजस्ती करणीको मुद्दा

 मंसिर २१, २०७५ शुक्रबार १८:३१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – कैलालीको बर्दागोरीया गाँउपालिका–५, आदर्श माविका शिक्षक नारायण चौधरीविरुद्ध  जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीमा मुद्दा दर्ता भएको छ ।

बौनियामा रहेको रघुनाथ आर्दश माविका विद्यार्थी मंसिर १८ गते बर्दिया राष्ट्रिय निकुञ्ज वनभोज गएर फर्किंदा घर जाने क्रममा जबरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

वनभोजबाट घर फर्कंदा रात परेपछि विद्यार्थीलाई घरसम्म छोड्न गएका चौधरीले हात समातेर करणी गर्न खोजेको आरोप विद्यार्थीले लगाएका छन् । त्यसपछि इलाका प्रहरी कार्यालय सुखडमा चौधरीकाविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता गरिएको इलाका प्रहरी कार्यालय सुखड प्रमुख यक्षराज जोशीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया