तुइन हटिसक्यो, सही पत्रकारिता गर्नुहोस् : सञ्चारमन्त्री बाँस्कोटा

 मंसिर २५, २०७५ मंगलबार १९:३७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – विधिभन्दा बाहिरबाट सरकार बदल्न नसक्ने भएकोले बाहिरबाट सरकार बदल्ने आस गरेको भए प्रतिपक्ष फेल हुने  नेपाल सरकारका सूचना सञ्चार तचथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघ धादिङको २० औँ साधारण सभा र धादिङ सञ्चार सहकारी संस्थाको ८ औँ वार्षिक साधारण सभाको अवसरमा मंगलबार बोल्दै सञ्चार क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिएकोले तथ्यको आधारमा आलोचना गर्नसमेत आग्रह गर्नुभयो ।

सञ्चारमा बन्देज नभै सरकारको आलोचना गर्न छुट रहेको तर सत्यको आधारमा मात्र आलोचना गर्न आग्रह गर्नुभयो । 

पत्रकारको पारिश्रमिक वृद्धि नेपालको मिडिया हाउसहरुको क्षमतासमेत हेरेर २५ प्रतिशत वृद्धि गरेकोले यसलाई कार्यान्वयन गरेपछि थप कुरा अघि बढाउन सकिने भएकोले यो कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो । 

विस्थापित भइसकेको तुइनमा मानिस चढेर अझै नदी तरिरहेको अवस्था नरहेकोले अब पुलबाट जनताहरु वारिपारि गर्ने गरेको र तुइन विस्थापनको विषय उठाउन आग्रह गर्दै मन्त्री बाँस्कोटाले सही पत्रकारिता गर्नु पर्नेमा जोड दिनुभयो ।

‘हाम्रो पत्रकारिता सिक्दै छ, सिद्धान्त मात्र पढेकोले सिक्दैछ, त्यसैले आग्रह र पूर्वाग्रह त्याग्नुपर्छ’, मन्त्री बाँस्कोटाले सम्बोधन गर्दै बताउनुभयो । सरकार बदल्न विधिबाहिरबाट नभै विधिबाट आउन प्रतिपक्षीहरुलाई आग्रह गर्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया