सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – नेपालका युवा वैज्ञानिकहरुले इञ्जिनियरिङ विधामा रजत पदक हात पार्न सफल भएका छन ।
थाइल्याण्डमा आयोजित सातौं एसिया प्रशान्त क्षेत्रको युवा वैज्ञानिक सम्मेलनमा नेपालका वृहस्पति विद्या सदनमा अध्ययनरत इञ्जिनियरिङ विधाका राजेश श्रेष्ठ, सुजल राजभण्डारी र कृष्ण पोदारले रजत पदक हात पारेका हुन् ।
‘नेत्रहीनका लागि आविष्कार’ भन्ने नारासहितको प्रस्तुतिले उनीहरुलाई रजत पदक दिलाएको हो । प्रतियोगिताले आफूहरुलाई उचित वातावरण भए ज्ञान, विज्ञानको क्षेत्रमा ठूल्ठूला आविष्कार गर्न सक्ने महसुस गराएको रजत पदक विजेता टोली नेता राजेश श्रेष्ठले बताउनुभयो । सम्मेलनमा नेपालको तीन वटा प्रस्तुति रहेको थियो ।
यसैबीच, रजत पदक जितेर बुधबार अपरान्ह स्वदेश फर्किएका युवा वैज्ञानिकहरुको टोलीलाई वृहस्पति विद्या सदनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सम्मानसहित स्वागत गरेको छ ।