ए डिभिजन लिगमा दुई खेल : जितकाे खाेजिमा मछिन्द्र, दूरी बढाउने प्रयासमा मनाङ

 पुस ३, २०७५ मंगलबार ६:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

पल्सर शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछ । एन्फा मैदान सातदोबाटोमा मंगलबार हुने पहिलो खेलमा विभागीय क्लब एपीएफ र मछिन्द्र आमने सामने हुने छन् ।

आजको खेलमा एपीएफ जित निकाल्दै नवौ स्थानमा उक्लने प्रयासमा हुँदा जारी लिगमा बराबरी गर्दै ३ अंक जोडेको मछिन्द्र पहिलो जितको खोजिमा हुने छ ।

सोही मैदानमा दिउँसो साढे २ बजे सिंग्नेचर मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्ने छन् । मनाङ जारी लिगमा अपराजित रहेकाले लिगको प्रमुख दावेदार टिम आजको खेलमा जित निकाल्दै तालिकामा ३ अंकको दूरी बढाउने प्रयासमा हुने छ ।

अहिले २४ अंक सहित शीर्ष स्थानमा रहँदा समान अंक भएको संकटा क्लब गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।

च्यासल भने १३ अंक सहित सातौं स्थानमा रहेको छ । उसले अहिले सम्म चार खेल जित्दा एक खेल बराबरी गरेको छ । च्यासलले एनआरटी माथि ५–१ को जित निकाल्दा हिमालयन शेर्पालाई २–१ ले पाखा लगाएको थियो ।

जतिबेला पनि आक्रामक फुटबल खेल्ने च्यासलले लिगमा संकटा, आर्मी र पुलिसलाई आछ्यु आछ्यु पारेकाले आजको खेलमा पनि मनाङलाई त्यति सहज भने छैन । तर च्यासलका मुख्य स्ट्राइकर सन्तोष साहुखल रातो कार्डका कारण मैदान बाहिर हुने भएकाले मनाङलाई केही सहज भने हुनसक्छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया