झुठो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

 पुस ३, २०७५ मंगलबार ९:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – झुठो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा साविक श्रीपुर गाविस वडा नम्बर २ अहिलेको औरही नपा वडा नम्बर ३ बस्ने ३९ वर्षीय सिवो देवी र विहार प्रान्त मुज्जफरपुर जिल्ला शिवदाशपुर वडा नम्बर ६ दौरा असली भारत बस्ने २१ वर्षीय राजपाल सहनी रहेका छन् । 

सिवो देवीले आफ्नो ज्वाईँ राजपाल सहनीलाई आफ्नै छोरा हो भनेर नेपाली नागरिकताको प्रमाणपत्र बनाउन खोज्दा उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौशालाको टोलीले पक्राउ गरेको महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताउनुभयो ।

प्रहरीको टोलीले उनीहरुको साथबाट आधार कार्ड १ थान, गभर्नमेन्ट अफ मणिपुर भारतबाट प्राप्त मोटरसाइकलको लाइसेन्स १ थान बरामद गरेको जिल्ला प्रहरी महोत्तरीले जनाएको छ । 

उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया