पोस्टरमा यस्ती देखिइन् ‘दयारानी’

 पुस ४, २०७५ बुधबार १३:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

२०७६ सालको को जेष्ठ १० गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘दयारानी’को फस्टलुक सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज डेट घोषणा गर्नुकासाथै फस्टलुक पोस्टर पनि सार्वजनिक गरियो । 

चलचित्रको फस्टलुक पोस्टरमा नायिका दीया पुन र अभिनेता दयाहाङ राईलाई प्रस्तुत गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनकासाथै कलाकार विजय बरालको मुख्य भूमिका रहेको छ । चलचित्र ‘दयारानी’लाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । चलचित्र आर्टस् र माओत्से फिल्मस् को ब्यानरमा निर्माण भएको हो । 

चलचित्रले गुरुङ समुदायमा हुने संस्कृतिको चित्रण गर्ने प्रयास गरिएको छ । चलचित्रले गुरुङ समुदायमा हुने आन्तरिक घटना क्रम बोल्नुको साथै समुदायको उत्थानमासमेत भूमिका खेल्ने निर्देशक माओत्से गुरुङको दाबी छ । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले सोही नाम राखिएको निर्देशक गुरुङले बताए ।

धेरैले चलचित्रका अभिनेता दयाहाङ राईको नामसँग चलचित्रकोे नाम जोड्ने गरेका छन् तर यो चलचित्र दयाहाङको नामसँग सम्बन्धित नरहेको निर्देशक गुरुङको भनाइ थियो । 

चलचित्रमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ भने चलचित्रका गीतमा राजनराज सिवाकोटीले संगीत भर्ने काम गरेका छन् । चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको छ । 

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया