चलचित्र ‘गोपी’को ट्रेलर सार्वजनिक

 पुस ४, २०७५ बुधबार १९:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विपिन कार्कीको अभिनय रहेको पछिल्लो चलचित्र ‘गोपी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । 

सार्वजनिक ट्रेलरमा चलचित्रको मुख्य पात्र विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्कालगायतका कलाकारलाई देख्न सकिन्छ । चलचित्र आउँदो माघ १८ गतेबाट नेपालभर रिलिजको तयारीमा छ । गाईपालक किसानले गर्नु परेका संघर्षहरुलाई चलचित्रले प्रस्तुत गरेको छ । 

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रको पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् ।

फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया