बलिउड कलाकार कादर खानको निधन

 पुस १७, २०७५ मंगलबार १२:१८:१२ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता कादर खानको निधन भएको छ । पछिल्लो १६-१७ हप्तादेखि अस्पतालमा उपचाररत रहेका खानको आज बिहान निधन भएको हो । ८१ वर्षीय खान लामो समयदेखि बिरामी थिए । क्यानडाको एक अस्पतालमा खानको  उपचार भइरहेको थियो । 

खानका छोरा सरफराज खानले बुवाको निधन भएको पुष्टि गरे । ‘बुवा हामीलाई छाडेर जानुभयो’, सरफराजले बीबीसीसँग भनेका छन् । लामो समयसम्मको बिरामीपछि ३१ डिसेम्बर साँझ ६ बजे (क्यानडाको समय) उनको निधन भयो ।

कादर खान एक दिग्गज कलाकारका साथै डायलग तथा पटकथा लेखक पनि थिए । सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँगै बलिउडका थुप्रै चलचित्रमा अभिनय गरेका थिए । 

सन् १९७३ मा राजेश खन्नाको फिल्म ‘दाग’ बाट बलिउडमा कदम राखेका खानले ३०० भन्दा बढी फिल्ममा काम गरेका छन् । 
  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया