छैटाैँ नेपाली टोपी दिवसमा अहिलेसम्मकै ठूलो टोपी प्रदर्शन(फोटो फिचर)

 पुस १७, २०७५ मंगलबार १२:२५:१० | उज्यालो सहकर्मी

काठमाडौं – ‘नेपाली टोपीः हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैटौँ नेपाली टोपी दिवससाथ सम्पन्न भएको छ । 

कार्यक्रम अन्तर्गत मंगलबार बिहान राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरियो ।  

प्रभातफेरी कार्यक्रममा बालबालिका, युवायुवतीदेखि वृद्धहरुको समेत बाक्लो उपस्थिति थियो । कार्यक्रममा कलकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञहरुको पनि उपस्थित थियो । प्रभातफेरीमा सहभागीहरुले दौरा सुरुवाल, गुन्यूचोली र टोपी लगाएका थिए । प्रभातफेरीमा पञ्चेबाजाका साथमा राष्टिय गीत गाइएको थियो । 

‘टोपी दिवसका अवसरमा हामीले अहिलेसम्मकै ठूलो नेपाली टोपी प्रदर्शन गरेका छाैँ’, समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गर्नुभयो ।

कार्यक्रममा उपस्थित हुनुभएका पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना सबैको दायित्व भएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया