ए डिभिजन लिग: सरस्वती च्यासलसँग, पुलिस क्लब एपीएफसँग खेल्दै

 पुस १७, २०७५ मंगलबार १४:२४:१८ | उज्यालो सहकर्मी

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार २ वटा खेल हुँदैछन् । दुवै खेल दिउँसो साढे २ बजे सुरु हुनेछन्।

एन्फा मैदान सातदोबाटोमा हुने खेलमा सरस्वती युवा क्लब र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । १२ औं चरणको लिग जारी रहँदा च्यासल १५ अंकसहित आठौं स्थानमा छ भने १० अंक जोडेको सरस्वती १० औं स्थानमा रहेको छ ।

आजको खेलमा च्यासल विजयी भए नेपाल पुलिस क्लबसँग अंक बराबरी गर्दै छैटाैं स्थानमा उक्लने छ । सरस्वती विजयी हुँदा एक स्थान माथि उक्लने छ । यस्तै एपीएफ मैदानमा नेपाल पुलिस र एपीएफ आमने सामने हुनेछन् ।

पुलिस जारी लिग उत्कृष्ट पाँचभित्रै रहेर समापन गर्ने दाउमा रहेकाले आजको खेलमा विजयी भए तालिकामा अंक थप गरे पनि पाँचौ स्थानमा यथावत रहने छ । तर सातौं स्थानको एपीएफ विजयी भए पुलिसलाई छैटाैं स्थानमा झारेर पाँचौ स्थानमा पुग्ने छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया