सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाविरुद्धको चौथो टेस्टमा भारतले राम्रो सुरुवात गरेको छ ।
सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिँदा ४ विकेटको नोक्सानीमा ३०३ रन बनाएको छ ।
भारतका चेतेश्वर पुजारा १३० रन र हनुमा विहारी ३९ रनमा नट आउट रहेका छन् ।दोस्रो दिनको खेल शुक्रबार पुजारा र विहारीले अघि बढाउने छन् ।
बिहीबार ओपनर ब्याट्सम्यान मायांक अग्रवाल ७७ तथा केएल राहुल ९ रनमा आउट हुँदा कप्तान विराट कोहली २३ र अजिंक्या रहाणे १८ रनमा पेभेलियन फर्किएका थिए ।
बलिङतर्फ जोश हेजलवुडले २ तथा मिचेल स्टार्क र नेथन लायनले एक एक विकेट लिएका छन् । ४ टेस्ट श्रृंखलामा भारत २–१ ले अगाडि रहेको छ ।