मलेसियामा एक नेपालीलाई सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप

 पुस १९, २०७५ बिहिबार २०:४५:३७ | उज्यालो सहकर्मी

मलेसियामा एक नेपालीलाई सँगै काम गर्ने सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा चार हजार मलेसियन रिंगिट  जरिवाना सुनाइएको छ।

बिहीबार अदालतको फैसलाअनुसार २५ वर्षीय प्रताप थोकरलाई उक्त सजाय सुनाइएको स्थानीय पत्रिका दि स्टारले छापेको छ।

मलेसियाको केलाङ जयामा रहेकाे केक कम्पनीमा सँगै काम गर्ने स्थानीय महिला सहकर्मीमाथि १६ डिसेम्बरमा यौन दुर्व्यवहार गरेको आरोप थोकरमाथि लागेको थियो।

थोकरले बोलाउँदा नबोलेपछि पछाडिबाट उनले आफ्नाे भित्री वस्त्र तानेको भन्दै सहकर्मीले आरोप लगाएकी थिइन् । दोषीलाई मलेसियाको कानुनअनुसार पाँच वर्षको जेल वा  या जेलसँगै जरिवाना दुवै लागू हुने अदालतले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया