सर्वोच्च अदालतविरुद्ध रामेछापका व्यवसायीले निकाले नाङ्गो जुलुस

 असार ४, २०७५ सोमबार १६:४७:३ | दीपक भट्ट

रामेछाप – वीपी राजमार्ग अन्तर्गत सिन्धुली—खुर्कोट सडक खण्डमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै ठूला मालवाहक सवारीसाधनमा रोक लगाएको विरोधमा रामेछापका व्यवसायीले सोमबार बिहान अर्धनग्न जुलुस निकालेका छन् । 

व्यवसायीहरुले सडकमा विगतमा जस्तै ठूला सवारीसाधन सञ्चालन हुन पाउनुपर्ने भन्दै त्यसको विरोधमा अर्धनग्न भएर सडकमा उत्रिएका हुन् ।

वीपी राजमार्ग अनतर्गत सिन्धुलीदेखि खुर्कोटसम्मको सडकलाई सरकारले ठूला गाडी संचालनमा रोक लगाएसँगै रामेछापका व्यवसायीहरु एकहप्तादेखि आन्दोलनरत रहेका छन् । 

आन्दोलनकै क्रममा व्यवसायीहरु आज बिहान नाङ्गै सडकमा उत्रिएका हुन् । वीपी चोकबाट निस्किएको अर्धनग्न जुलुससहितको र्याली आकाशेको ट्राफिक बिटसम्म पुगेर देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सम्वोधन गर्दै उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपतिबहादुर खड्काले राज्यले रामेछापका नागरिकलाई अनावश्यक दुखः दिइरहेको र रामेछापका नागरिक नेपालका नागरिक नै नभएको ठानी सडकमा ठूला मालवाहक सवारीसाधनलाई रोक लगाएकोमा आपत्ति प्रकट गर्नुभयो ।

उहाँले तत्काल चाँडो भन्दा चाँडो सडक सञ्चालनमा नआए अझै ठूलो सर्घषका कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो ।

सरकारले बिना कारण रामेछापतर्फ गुड्ने ठूला मालवाहक सवारीसाधनलाई रोक लगाएर खाद्यान्न, निमार्ण सामग्री लगायतका सामानहरु ल्याउन प्रतिबन्ध लगाएको भन्दै जतिसक्दो चाँडो सडक सञ्चालन गर्न र सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश तत्काल फिर्ता लिनु पर्ने रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवं सर्घष समितिका संयोजक केशवप्रसाद घिमिरेले बताउनुभयो । 
    
सामान ढुवानीका साधन जिल्लामा ल्याउन रोक लगाउँदा अहिले बजारमा दैनिक उपभोग्य वस्तु सकिएको छ । त्यस्तै निमार्ण सामाग्रीहरु नहुँदा भूकम्पपछिको पुनर्निमार्णको कामहरु सवै ठप्प भएको व्यापारीहरुले बताएका छन् ।   

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया