आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
कुवेतबाट थाइल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी साउदी युवती रहफ मोहम्मदले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम आफ्नो हितका लागि लिनै पर्ने काम भएको बताएकी छन् ।
दुई हप्ताअघि १८ वर्षीया मोहम्मदलाई थाई अध्यागमन अधिकारीहरूले नियन्त्रणमा लिएका थिए । स्वदेश फिर्ता पठाउन खोज्दा उनले विमानस्थलस्थित होटलको कोठा थुनेर घर नजाने अडान लिएकी थिइन् ।
परिवारले आफूसँग दुव्र्यवहार गरेको आरोप लगाउँदै उनले घर फिर्ता गए आफ्नो हत्या हुन सक्ने बताएकी थिइन् ।
टोरन्टो स्टार पत्रिकासँग कुराकानी गर्दै उनले भनिन्, ‘मैले लिएको जोखिम लिनैपर्ने थियो । मैले गुमाउनुपर्ने केही थिएन ।’
‘हामीलाई एउटा वस्तुसरह, दाससरह व्यवहार गरिन्छ’, उनले भनिन्, ‘म मानिसहरूलाई आफ्नो कथा र साउदी महिलासँग कस्तो व्यवहार हुन्छ त्यो भन्न चाहन्थेँ ।’
परिवारसँग कुवेत गएको बेला उनी विमान चढेर भागेकी थिइन् ।
उनका अनुसार उनीसँग अस्ट्रेलियाको प्रवेशाज्ञा थियो र उनी ब्याङ्कक हुँदै त्यता जान चाहन्थिन् । तर विमानबाट ओर्लिँदै गर्दा एक साउदी कुटनीतिज्ञले आफ्नो राहदानी खोसिदिएको उनको दाबी थियो ।