सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – काठमाण्डौको गंगबुमा ग्यास सिलिण्डर विस्फोट हुँदा एकजनाको ज्यान गएको छ ।
चारजना घाइते भएका छन् । बिहान १२ बजे पिस नेपाल ह्याण्डी क्राफ्ट नामक फ्याक्ट्रीमा ग्यास सिलिण्डर विस्फोट हुँदा त्यहाँ काम गर्ने नुवाकोट बेलकोटका काजी तामाङको ज्यान गएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
बिस्फोटपछि गम्भीर घाइते भएका तामाङको शिक्षण अस्पतालमा उपचारका क्रममा दिउँसो २ः५५ मा बजे ज्यान गएको हो । घाइते चारजनाको अहिले शिक्षण अस्पतालमा नै उपचार भइरहेको छ ।