एसियन कप फुटबल : दक्षिण कोरिया र चीन प्रि क्वार्टरफाइनलमा

 माघ ३, २०७५ बिहिबार ७:१३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियन कप फुटबलमा दक्षिण कोरिया र चीन प्रि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको लिग चरणको अन्तिम खेलमा दक्षिण कोरियाले चीनलाई पराजित गर्दै समूह विजेताको रुपमा प्रि क्वाटरफाइनलमा प्रवेश गर्दा चीन पनि उपविजेताको रुपमा प्री क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । बुधबार नै भएको खेलमा कीर्गिस्तानले फिलिपिन्समाथि सान्त्वना जित निकालेको थियो ।

कोरियाले चीनमाथि २–० को जित निकाल्दा इउ जो ह्वाङले पेनाल्टी मार्फत १४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको कोरियाले दोस्रो हाफमा पनि १ गोल थपेको थियो । मिन जी किमले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यसपछि थप गोल नभएपछि दक्षिण कोरिया समूह चरणमा सबै खेल जित्दै समूह विजेता बन्न सफल भयो ।

यस्तै बुधबार नै भएको अर्को खेलमा कीर्गिस्तानले फिलिपिन्समाथि ३–१ को सान्त्वना जित निकाल्दा लक्स भिटलजीले ह्याट्रिक गरेका थिए । उनले २४, ५१ र ७७ औं मिनेटमा ह्याट्रिक पूरा गरेका हन् । ८० औं मिनेटमा स्टेफन रकले सान्त्वना गोल गरे ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया