सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
इटालियन सिरिएमा एसी मिलानले जिनोआलाई हराएको छ । जिनोआको मैदानमा भएको खेलमा मिलानले घरेलु टिमलाई २–० ले हरायो । जितसँगै मिलान सातौंबाट चौथो स्थानमा उक्लिएको छ ।
मिलानको जितमा फावियो बोरिनी र सुसोले गोल गरेका थिए । पहिलो हाफमा गोल हुन नसके पनि ७२ औं मिनेटमा बोरिनीले गोल गर्दै मिलानलाई अग्रता दिलाए । ८३ औं मिनेटमा सुसोले गोल गरेपछि मिलानले २–० को जित हात पार्याे ।
मिलानले ३४ अंक बनाएको छ । जिनोआ भने २० अंकसहित १४ औं स्थानमा छ ।