सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकको वित्तीय सहयोगमा काठमाण्डौको साँखुमा रहेको भाग्योदय माविÞलाई केही थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको विशेष आतिथ्यतामा शशि श्रेष्ठ, शिवराज श्रेष्ठ तथा बैंकका प्रमुख जनसम्पर्क अधिकृत अर्जुनराज खनियाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु केसी र प्रधानाध्यापक रुसण बसीलाई संयुक्त रुपमा कम्प्यूटर हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले नेपालमै उदारणीय बैंकिङ सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकले गर्दै आएको सामाजिक उत्तरदायित्वको खुलेर प्रशांसा गर्नुभएको थियो ।
विद्यालय लक्षित यस्ता संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमले विद्यार्थीहरुको पठनपाठन तथा कम्प्युटर शिक्षामा सहयोग पुग्ने प्रमुख अतिथि शशी श्रेष्ठले बताउनुभएको थियो ।