इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
न्यूजिल्याण्डविरुद्धको चौथो एक दिवसीय क्रिकेटमा भारतले ९३ रनको लक्ष्य दिएको छ ।
भारत ३०.५ ओभरमा ९२ रन बनाएर अल आउट भयो । पाँच एक दिवसीय शृंखला जितिसकेको भारत नियमित कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीविनै मैदान उत्रिएको छ । रोहित शर्माको कप्तानीमा चौथो एक दिवसीय खेलिरहेको भारतले टस हारेर पहिला ब्याटिङ गरेको हो ।
भारतीय पालिलाई पुरै ध्वस्त पार्न न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गर्दा बोल्टले ४ ओभर मेडन राख्दै २१ रन खर्चिएका थिए । भारतका रोहित शर्मा, शिखर धवन, शुभमन गिल,केदार जादब र हार्दिक पाण्ड्या बोल्टका सिकार भएका थिए ।
कोलिन डी ग्राण्डहोमले तीन विकेट लिँदा दिनेश कार्तिक, अम्वाती रायडू र भुवनेश्वर कुमारलाई पेभेलियनको बाटो देखाए ।
टोड स्टलले एक विकेट लिँदा कुुलदीप यादवलाई आउट गरे । यसैगरी जेम्स निसमले पहिलो ओभरको पाँचौ बलमा खलिल अहमदलाई आउट गरे पछि भारतको पालि समाप्त भएको थियो ।
भारतकालागि नवौ विकेटका लागि कुलदीप यादव र युजबेन्द्र चहलकाबीचमा सर्वाधिक २५ रनको साझेदारी हुँदा शिखर धवन र रोहित शर्माकाबीचमा २१ रनको ओपनिङ साझोदारी भएको थियो । त्यसपछि कुनै पनि खेलाडीका बीचमा लामो साझेदारी नहुँदा भारत ९२ रनमा समेटिएको थियो । युजबेन्द्र चहलले १८ रनमा नट आउट रहँदा हार्दिक पाण्ड्याले १६, कुलदीप यादबले १५ तथा शिखर धवनले १३ रन बनाएका थिए ।