सप्तकोशीमा ट्रक खस्यो, ३ जनाको अवस्था गम्भीर

 असार ६, २०७५ बुधबार १४:६:४ | सुमन पुरी

सुनसरी – पश्चिमबाट पूर्वको इटहरी आउँदै गरेको मालवाहक ट्रक कोशी व्यारेजस्थित सप्तकोशी नदीमा खसेको छ ।  

जेसीबी बोकेर इटहरीतर्फ आइरहेको ट्रक कोशी ब्यारेजको १९ र २० नम्बर ढोका बीचमा ठोक्किएर ट्रक नदीमा डुबेको हो । 

दुर्घटनापछि  ट्रकमा रहेका नौ जनाकै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ जनाको अवस्था गम्भीर छ । दुई जनाको होश नभएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताउनु भयो ।  घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया