नेपालविरुद्ध यूएईका बलर हावी, नेपालले पाचाैँ विकेट गुमायाे

 माघ १७, २०७५ बिहिबार १७:२०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धकाे टी-२० सिरिजमा नेपालले पाँचौ विकेट गुमाएको छ । रोहित कुमार पौडेल ४ रन बनाएर पाँचौ विकेटको रुपमा आउट भए । उनलाई जोहार खानले क्याच आउट भएका हुन् ।

यसअघि चौथो विकेटको रुपमा  नेपालका भरपर्दा ब्याट्सम्यान पारस खड्का २५ रन बनाएर आउट भए । ओपनिङ गर्न आएका पारस २५ बल खेल्दै २५ रन बनाएर आउट भए । उनले ४ चौका प्रहार गरे ।

 पहिलो बलमै प्रदीप ऐरी आउट भएपछि नेपालको इनिङ उकास्ने प्रयास गरिरहेका बेला ७.५ ओभरमा पारस चौथो विकेटको रुपमा आउट भए । अहिलेसम्म नेपालका प्रदीप ऐरी, ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भए । क्रिजमा अहिले सन्दीप जोरा र करण केसी रहेका छन् । ताजा अवस्थामा नेपालले १२ ओभरकाे समाप्तिमा ५ विकेट गुमाएर ६९ रन बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया