चर्चामा चार नेपाली चलचित्र

 माघ १७, २०७५ बिहिबार २०:२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली चलचित्रले सोलो रिलिज पाउनु भाग्य मानिन्छ । नेपाली चलचित्र उद्योगमा हरेक हप्ता कम्तिमा पनि २ वटा चलचित्र रिलिज हुने परम्परा जस्तै भइसकेको छ । वर्षमा झण्डै दुई सयभन्दा माथि चलचित्र निर्माण हुन्छन् । 

प्रदर्शन भएका १० प्रतिशत चलचित्र पनि राम्रो सँग चले भाग्य भन्ने बेला आएको छ । चलचित्र निर्माण गर्न निकै सहज बन्दै गएको छ । तर चलचित्र चलाउनका निम्ति भने दाँतमा ढुंगा लागे सरह भएको छ । 

चलचित्र असफल हुनका धेरै कारणहरुमध्येको एउटा महत्वपूर्ण कारण एकै दिन २ भन्दा धेरै चलचित्र प्रदर्शनमा आउनु पनि एक भएको धेरै चलचित्र पण्डितहरुको बुझाइ छ ।

अब प्रदर्शनको तयारीमा रहेका केही प्रतिक्षित चलचित्रहरु पनि पूर्वघोषित मिति परिवर्तन नभए यस्तै मारमा पर्ने पक्का भएको छ । ती चलचित्र हुन् अनमोल केसी अभिनित चलचित्र क्याप्टेन र आशिरमान देशराज जोशी अभिनित चलचित्र ‘दि ब्रेकअप’ । यी दुवै चलचित्र प्रतिक्षित चलचित्रहरु हुन् । तर यी दुवै चलचित्र आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् । 

दि ब्रेकअप

चलचित्र दि ब्रेकअप गीत संगीतका साथै अन्तरंग दृश्यका कारण चर्चामा छ । यता, चलचित्र क्याप्टेनले भने अनमोल केसीको अभिनय भएकै कारण पनि चर्चा पाइरहेको छ । आफुहरुलाई क्याप्टेनसँगै आउँदा कुनै पनि घाटा नहुने चलचित्र दि ब्रेकअपका निर्देशक हेमराज वीसी बताउँछन् ।

चलचित्र दि बे्रकअपमा हेमराज वीसीको कथा, पटकथा तथा निर्देशन रहेको छ भने  रुपक थापा, दीपक खतिवडा, रेनु राना र हेमराज वीसीले लगानी गरेका छन् ।  चलचित्र‘दि ब्रेकअप’ मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्र्की, सरोज खनाललगायतका कलाकारहरुको मूख्य भूमिका छ ।

क्याप्टेन

यस्तै चलचित्र क्यापटेनलाई निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । एउटा बिकट गाउँमा जन्मिएको एउटा युवकले खेलाडी बन्ने सपना बुनिरहेको हुन्छ र उस्ले आफूलाई राष्ट्रिय स्तरको खेलाडीका रुपमा चिनाउनका लागि गर्नुपरेका संघर्षहरुको कथा चलचित्र ’क्याप्टेन’ मार्फत समेट्न खोजिएको छ । 
भुवन केसीले निर्माण गरेको ’क्याप्टेन’मा अनमोलसँगै दुई जना नवअभिनेत्रीहरु उपासना सिंह ठकुरी र प्रियंका एमभीको अभिनय रहेको छ । 
चलचित्र ‘क्याप्टेन’मा अन्य कलाकारहरु सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राईलगायतको पनि अभिनय देख्न सकिने छ । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । 

चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रका सम्पादक दिर्घ खड्का हुन् । 

ए मेरो हजुर ३

यस्तै चलचित्र‘ए मेरो हजुर ३’ ले तोकेको प्रदर्शन मितिमा नैअभिनेता सलिनमानबनियाँअभिनीतचलचित्र‘यात्रा’पनिप्रदर्शनमाआउने तय भइसकेको छ ।अझ रोचक कुरा त के छ भने चलचित्रयात्राकानायक सलिनमानबनियाँलाई झरनाथापाले नै चलचित्रनगरीमाप्रबेश गराएकीथिइन् त्यो पनि यस अघिको चलचित्र ‘ए मेरो हजुर २’बाट । अबदुवै चलचित्रको प्रदर्शन मितीयथावत रहने हो भने आफ्नै डेव्यु नायक सँग झरना थापाको चलचित्र जुध्ने पक्का छ । झरना थापाले निर्देशन गरेको उक्त चलचित्रमा अभिनेता अनमोल केसी र निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाको मूख्य भूमिका छ । अनमोल र सुहानाले पहिलो पटक स्क्रिन साझेदारी गरेका हुन् । सुहानाले भने यसै चलचित्रबाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् ।

चलचित्रमा एक स्टार गायक र उनको फ्यानका बीचमा हुने प्रेम सम्बन्ध र त्यसबीचमा आइपर्ने उतार चढावहरुलाई कथाका रुपमा प्रस्तुत गरिएको छ । 

चलचित्र सुनिलकुमार थापाले निर्माण गरेका हुन् । सुनिलकुमार थापा सुहाना थापाका बाबु हुन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । 

यात्रा

यस्तै चलचित्र यात्रामा सम्राट शाक्यको डेब्यु निर्देशन रहेको छ । चलचित्रमा सलिनमान बनियाँ भ्लगरको भूमिकामा प्रस्तुत हुने बुझिएको छ । सलिनसँगै सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतकोसमेत अभिनय रहेको छ । 

चलचित्र यात्राले युवा पुस्ताको मित्रता र मायाको कथा प्रस्तुत गर्ने बताइएको छ । चलचित्र यात्राको कथा पनि निर्देशक शाक्य स्वयंले लेखेका हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ ।

चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको रहेको छ ।

चलचित्रयात्रालाई जर्नी लभस्टोरी समेत नामदिइएको छ । यसमायात्रामाआइ पर्ने विभिन्नउतारचडापहरु प्रस्तुतगर्ने प्रयास गरिएको छ । चलचित्रलाई केशव भट्टराई र सुशीलपोखरेलले संयुक्त रुपमानिर्माण गरेकाहुन् । 

यसरी ठुला व्यानरमानिर्माण भएकाचलचित्रहरु एकै दिन बाट प्रदर्शनमाआउदाकुनै न कुनै हिसावले सबै चलचित्रहरु मारमा पर्ने देखिन्छ । अबदर्शकले कुनचलचित्रलाई मायाँ गर्छन् त्यो भने समयले बताउने छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया