सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
सुनसरी – सप्तकोशी नदीमा मालबाहक ट्रक खस्दा दुई जनाको ज्यान गएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ३ सय ५६ नम्बर ट्रक कोशी नदीमा खसेको थियो । ट्रक खस्दा चालक सुनसरी चतराका बिनोद बराइली र झुम्काका घनश्याम चौधरीको ज्यान गएको छ ।
गम्भीर घाइते दुवैलाई उपचारका लागि इनरुवा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक नदीमा खसेलगत्तै कोशी ब्यारेजमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्दारमा जुटेको थियो । नदीमा खसेका सबैको बेलैमा उद्दार गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो ।
दुर्घटनामा परेका तीन जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरीले जनाएको छ । झापाका सन्तोष अधिकारी, उदयपुरका हरि मगर र बराहक्षेत्रका मणिराज विश्वकर्मालाई थप उपचारकालागि नर्सिङ होम विराटनगर रेफर गरिएको छ ।
घाइतेहरु कृष्ण चौधरी, शुक्रराज लामा, राजकुमार मण्डल र आतिष सिंह प्रधानको इनरुवा अस्पतालमा उपचार भैरहेको सछ । स्काभेटर लोड गरेको ट्रक कोशी ब्यारेज पुलमा रहेको खाल्डाखुल्डीका कारण अनियन्त्रित भै दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ।