विमानस्थलभित्रै यात्रुको झोलामा चितुवाको बच्चा !

 माघ २०, २०७५ आइतबार १३:१५:१५ | एजेन्सी
unn.prixa.net

भारतको एक एरपोर्टमा अनौठो आवाज सुनिन थालेपछि एयरपोर्टका अधिकारीहरु सचेत भए । के रहेछ भनेर खोज्दै जाँदा एकजना यात्रुको झोलामा प्लास्टिकको बास्केटभित्र लुकाएर राखेको करिब एक किलो तौल भएको चितुवाको बच्चा भेटियो ।

लगेज जाँच गर्ने क्रममा कर्मचारीहरुले त्यो चितुवाको बच्चाको बारेमा सोध्न खोज्दा ती यात्रुले बनावटी कुरा गर्दै ढाँट्न खोजेको अधिकारीहरुले बताएका छन् ।

४५ वर्षीय ती यात्रु शनिबार बेङ्ककको फ्लाइटमा चेन्नई एयरपोर्ट उत्रिएका थिए ।  उनको नाम भने खुलाइएको छैन तर ती यात्रु अन्तर्राष्ट्रिय तस्करीमा संलग्न छन् कि भनेर अधिकारीहरु अनुसन्धानमा खटिएका छन् ।

सीसी क्यामरामा कैद भएको फुटेजमा चितुवाको बच्चालाई बोतलको दुध खुवाइरहेको देखिएको छ । चितुवाको बच्चा तर्सिएको, भोकै भएको र मन्द पीडादायी आवाज निकालेको एयरपोर्टका कर्मचारीहरुले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया