सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
लमजुङ – चर्चित गायक प्रकाश सपूत र गायिका कृष्णा गुरुङले लमजुङेलाई छमछमी नचाएका छन् ।
लमजुङको सुन्दरबजार नगरपालिका–८, डीडीसी खेल मैदानमा सञ्चालित प्रथम भोटेओडार महोत्सवमा आइतबार उनीहरुले आफ्नो गीत गाएर दर्शकलाई छमछमी नचाएका हुन् ।
महोत्सवमा गायक प्रकाश सपूतले ‘तोरी भएछ...,’ ‘माया भूल्ने...,’ ‘रेलीमई...,’ गीत गाउँदा दर्शक झुमेका थिए । उनले गीत गाउँदा दर्शकले नाचेर उनलाई साथ दिएका थिए ।
यसैगरी, उनले आफ्नो चर्चित गीत ‘बोल माया...,’ ‘चरर...बररर...’ बोलको गीत गाउँदा दर्शकदीर्घा भावुक बनेको थियो ।
जब गायक सपूतले ‘केटाहरु नबन सोझो, फुच्ची केटीहरुले निउँ खोजो...’ बोलको दोहोरी ब्याटल गाउन थाले । भावुक बनेका दर्शकहरु उफ्रीउफ्री नाच्न थालेका थिए । उनले दर्शककै भिडमा पुगी दोहोरी ब्याटल गाउँदै, नाच्दै, दर्शकलाई समेत नचाएका थिए ।
यसैगरी, गायिका कृष्णा गुरुङले ‘एक एक जोडे दुई हुन्छ...’, ‘मन परेको मान्छेको...’, ‘एकादशी बजारमा...’, ‘जाम भन्यो लाउरेले...’, लगायतका गीत गाउँदा दर्शक नाचेका थिए । महोत्सवमा आइतबार गायिका बाला दूरा, सुनिता अधिकारीलगायतले पनि आफ्नो प्रस्तुति राखेका थिए ।
महोत्सवमा लमजुङ, गोरखा, तनहुँ, कास्कीलगायतका ठाउँबाट दर्शकहरु ओइरिएको महोत्सव मूल समारोह समतिका संयोजक एवम् लमजुङ उद्योग वाणिज्य संघ भोटेओडार इकाईका अध्यक्ष सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
माघ १८ गतेबाट सुरु भएको प्रथम भोटेओडार महोत्सव माघ २७ गतेसम्म चल्नेछ । स्थानीय पर्यटन र भोटेओडारको पहिचानको लागि महोत्सव सञ्चालन गरिएको पनि श्रेष्ठले बताउनुभयो ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।