चिकित्सकको ‘लापर्वाही’ले बालकको मृत्यु , आफन्त र अस्पताल प्रशासनबीच ५ बुँदे सहमति

 माघ २१, २०७५ सोमबार १४:४४:५८ | सुश्मा राजवंशी
unn.prixa.net

मृतक बालक जेनित राजवंशी

झापा – चिकित्सकको ‘लापर्वाही’ले बालकको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित तनावग्रस्त बनेको बिर्ता सिटी हस्पिटलको अवस्था अहिले सामान्य बनेको छ ।

बालकका आफन्त र अस्पताल प्रशासनबीच ५ बुँदे सहमति भएपछि स्थिति सामान्य बनेको हो । 

सोमबार बिहान इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको सर्वपक्षीय भेलाले मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरको संयोजकत्वमा छानबिन समिति गठन, १० दिनभित्र सीडीओलाई प्रतिवेदन बुझाउने, उपचारमा संलग्न चिकित्सकको किटानी जाहेरी लिने र दोषी भेटिए कारबाही गर्ने, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा शवको पोष्टमर्टम गर्ने र आवश्यक परे विज्ञ टोली बोलाएर छानबिन गर्ने सहमति एको छ । यसअघि पनि  मेचीनगर–१३, कालीझोडाका उमङ राजवंशीका दुई वर्षीय छोरा जेनित राजवंशीको इन्जेक्सन लगाएलगत्तै मृत्यु भएको थियो ।

आइतबार बेलुका ६ बजे अस्पताल ल्याइएका बालकको इन्जेक्सन लगाएको केही क्षणमै मृत्यु भएपछि डाक्टर र नर्स भागेको परिवारले जनाएको छ ।

मृतकका बुबाले छोरालाई झाडापखाला लागेर अस्पताल ल्याइएकोमा इन्जेक्सन दिएलगत्तै सिकिस्त भएको र डाक्टरसमेत भाग्नुले गलत औषधि प्रयोगका कारण आफ्नो छोराको मृत्यु भएको बताएका छन् । 

डाक्टरको चरम लापर्वाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोडसमेत गरेका थिए । आफन्तहरु तोडफोडमा उत्रिएपछि प्रहरीले ४ शेल अश्रुग्याससमेत प्रहार गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया