आगलागी र डढेलोका कारण २ हप्तामा १० जनाको ज्यान गयो, २२ करोड...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - सर्वोच्च अदालतले एनसेल बिक्री गर्दा प्राप्त हुने पूँजिगत लाभकर एनसेलबाटै असुल गर्न परमादेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चालेन्द्र शम्सेर राणासहित ५ जना न्याधीशको पूर्ण इजलासले एनसेल बिक्री गर्दा लाग्ने लाभकर एनसेल र एक्जियाटाले नै तिर्नुपर्ने जनाएको हो ।
बहसमा एनसेलका तर्फबाट बहस गरेका वकिलले टेलियासोनेराले नै लाभकर तिर्नुपर्ने बताएका थिए ।
तर सर्वोच्चको पूर्ण इजलासले भने लाभकरको विषयमा एनसेल नै जिम्मेवार भएको भन्दै एनसेलले नै तिर्नुपर्ने परमादेश जारी गरेको हो ।