सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
इलाम – स्थानीय सरकारले लगाएको प्रदूषण करमा चर्को जनगुनासो आएपछि इलाम नगरपालिकाले हटाउने भएको छ ।
माघमा बसेको कार्यपालिकाको बैठकले पेट्रोलियम पदार्थमा लिँदै आएको प्रदूषण कर हटाउने निर्णय गरेको हो । यो निर्णय फागुन १ गतेबाट लागू गरिने नगरपालिकाले जनाएको छ ।
संघीय सरकारले प्रदुषण कर हटाउन भनेपछि पाँच महिनादेखि लिँदै आएको कर हटाएको नगर प्रमुख महेश बस्नेतले जानकारी दिनु भएको छ । स्थानीय तहले प्रदूषण कर लगाउन पाउने व्यवस्था रहेकाले नगरले कर उठाउन थालेको बताइएको छ ।
गएको भदौ ७ गतेबाट लगाउँदै आएको प्रदूषण कर प्रतिलिटर ५० पैसाका दरले उठाउँदै आएको थियो । त्यस करबापत उठेको १९ पैसा संघीय सरकारलाई बुझाउँदै आएको थियो । पाँच महिनामा नगरपालिकाले पाँच लाख रुपैयाँ प्रदूषण कर संकलन गरेको छ । प्रदुषण कर हटेसँगै घरवहाल कर भने नगरले बढाएको छ ।
सात प्रतिशतले लिँदै आएको कर बढाएर दश प्रतिशत पुर्याउने निर्णय कार्यपालिकाको बैठकले गरेको छ । विगतमा संघीय सरकारले दश र स्थानीय तहले दुई प्रतिशत कर लिँदै आएको नगरले जनाएको छ ।
नयाँ संरचना बनेपछि घरवहाल कर संकलनको जिम्मा स्थानीय तहलाई दिइएको छ ।