सिन्धुली जीप दुर्घटना (अपडेट) : पाँच जनाको ज्यान गयो, सात घाइते

 माघ २४, २०७५ बिहिबार १३:१:१५ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - सिन्धुलीको फिक्कल गाँउपालिका–२ चण्डीभञ्ज्याङमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् ।

जिल्लाकै महादेवडाँडाबाट १२ जना यात्रु बोकेर खाङसाङमा आज सञ्चालन भएको स्वास्थ्य शिविरतर्फ जाँदै गरेको बा १५ च ९४२२ नम्बरको जीप बिहान ९ः३० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा परि ज्यान गुमाएका पाँचै जनाको सनाखत हुन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताउनुभयाे ।दुर्घटनामा तीन जना गम्भीर र चार जना सामान्य घाइते रहेकाे पनि उहाँले बताउनुभयाे ।

घाइतेहरुलाई उपचारका लागि सदरमुकाम ल्याइँदै गरेकाे र थप जानकारी आउन बाँकी रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया