सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डन आमा बनेकी छिन् ।
उनले आफूले छोरीलाई जन्म दिएको कुरा सामाजिक सञ्जाल इन्स्टाग्राममाफर्त सार्वजनिक गरेकी छिन् । यसका साथै जसिन्डा आर्डन प्रधानमन्त्रीको पदमा रहँदा आमा बन्ने विश्वकै दोस्रो नेता बनेकी छिन् । यसअघि सन् १९९० मा पाकिस्तानकी स्वर्गीय प्रधानमन्त्री बेनजिर भुट्टो आमा बनेकी थिइन् ।
३७ वर्षीया प्रधानमन्त्री जसिन्डा आर्डन ६ हप्ताको सुत्केरी बिदामा बसेकी छिन् । उनको अनुपस्थितिमा अब उपप्रधानमन्त्री विन्स्टन पिटर्सले कार्यभार सम्हाल्नेछन् । तर आवश्यकता अनुसार क्याबिनेटको दस्तावेज भने जसिन्डाले पनि अध्ययन गर्नेछिन् ।
जसिन्डाले अस्पतालका कर्मचारीलाई धन्यवाद दिँदै आफ्नी छोरीको तौल ३.३१ किलोग्राम भएको बताएकी छिन् ।