ओलीले प्रचण्डलाई भने: अरुले कुरा काट्न थाले, सम्बन्ध बिगार्न हुन्न

 माघ २६, २०७५ शनिबार १७:४:१९ | उज्यालो सहकर्मी

काठमाण्डाै - प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार दिउँसो भएको भेटघाटमा पछिल्लो समय देखिएको असमझदारीको विषयमा दुवै अध्यक्षले खुलेर छलफल गरेको वालुवाटार स्रोतले जनाएको छ । 

भेनेजुयलाको संकटका विषयमा प्रचण्डले निकालेको विज्ञप्तिमा प्रचण्ड चिप्लिएको प्रधानमन्त्री ओलीले बताएपछि दुइ नेताबीचकाे सम्बन्ध चिसिएको थियो । शुक्रबार मात्रै अध्यक्ष प्रचण्डले सरकारको कार्यशैलीप्रति चर्को आलोचना गर्नुभएको थियो । 

शनिबारको भेटमा पछिल्लो समय देखिएको असमझदारी लम्बाउन नहुने विषयमा छलफल भएको थियो । ‘सञ्चारमाध्यममा र टोलछिमेकमा हाम्रो सम्बन्ध बिग्रन थाल्यो भनेर चर्चा हुन थालेको छ, यसलाई लामो समय राख्न हुन्न, सम्बन्ध बिगार्न हुन्न’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै वालुवाटार स्रोतले भन्यो ।

जवाफमा प्रचण्डले सरकार र पार्टी सञ्चालनको विषयमा एकलौटी निर्णय भैरहेको भन्दै असन्तुष्टि राख्नुभएको थियो । 


 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया