डेनमार्क र अष्ट्रेलियाबीच १–१ को बराबरी, अष्ट्रेलियाको अघिल्लो चरण जाने सम्भावना कायमै

 असार ७, २०७५ बिहिबार २०:६:४९ | उज्यालो सहकर्मी

फिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–१ गोलको बराबरीमा रोकेको छ ।

सामारा एरेनामा भएको खेलमा मिले जेडिनाकको पेनाल्टी गोलको सहयोगमा अष्ट्रेलियाले एक गोलको अग्रता लिएको डेनमार्कलाई बराबरीमा रोकेको हो । खेलको सातौं मिनेटमा नै क्रिष्टियन एरिक्सनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।

तर ३८ औं मिनेटमा म्याथ्यु लेकीको प्रहार डेनमार्कका युसुफ पउलसेनले डिबक्सभित्र हातले छोएपछि भिडियो एसिस्टेन्ट रेफ्रीले अष्टे«लियालाई पेनाल्टी दिएको थियो । त्यो पेनाल्टी मिले जेडिनाकले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्‍याए ।

बाँकी समयमा थप गोल हुन नसक्दा डेनमार्क अष्टे«लियासँग अंक बाँड्न बाध्य भएको हो । जेडिनाकले फ्रान्सविरुद्ध पनि एक गोल गरेका थिए । विश्वकपमा ३ गोल गरेका उनी अष्ट्रेलियाका लागि धेरै गोल गर्ने दोस्रो अष्ट्रेलियाका दोस्रो खेलाडी बनेका छन् । अष्ट्रेलियाका टिम केहिलले विश्वकपमा ५ गोल गरेका छन् । 

पहिलो खेलमा पेरुलाई हराएको डेनमार्कले यो बराबरीसँगै समूहमा चार अंक बनाएको छ । अष्टे«लियाको भने यो पहिलो अंक हो । अष्ट्रेलियाको अघिल्लो चरणमा जाने बाटो जीवितै रहेको छ । 

समूह सी अन्तर्गत आजै पेरु र फ्रान्स खेल्दैछन् । फ्रान्सले अष्ट्रेलियालाई हराउँदै ३ अंक बटुलेको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया