पर्यटन क्षेत्रमा उत्साह : जनवरीमै भित्रिए झण्डै एक लाख पर्यटक

 माघ २९, २०७५ मंगलबार १७:२९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सन् २०१९ को पहिलो महिनामा झण्डै १ लाख पर्यटक नेपाल घुम्न आएका छन् । 

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरी महिनामा ९१ हजार ७ सय ९३ पर्यटक नेपाल आएका छन् । यीमध्ये ७७ हजार  पर्यटक हवाई मार्ग भएर र १४ हजार ४ सय जना पर्यटक स्थलमार्ग भएर नेपाल भित्रिएका छन् । 

सन् २०१८ को तुलनामा सन् २०१९ को जनवरी महिनामा नेपाल आउने पर्यटकको संख्या २५ प्रतिशतले धेरै रहेको पनि बोर्डले जनाएको छ । 

जनवरीमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । पोहोरको तुलनामा २० प्रतिशत धेरै अर्थात १४ हजार ६ सय ५० भारतीय पर्यटक नेपाल आएका छन् । यो बर्षको जनवरीमा सार्क देशबाट आउने पर्यटक १७ हजार ४ सय रहेका छन्, यो संख्या पोहोरको तुलनामा ११ दशमलव ६ प्रतिशतले धेरै । 

यस्तै जनवरीमा १३ हजार ६ सय ८८ चिनिया पर्यटक नेपाल आएका छन्, यो गत बर्षको जनवरीको तुलनामा १४ प्रतिशतले धेरै हो । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सबैको प्रयासले पर्यटकको संख्या बढिरहेको र यसमा थप वृद्धि हुने बताउनुभएको छ । 

कुन देशका पर्यटक कति ?

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया