संसदीय समितिमा सदस्य र सभापतिबीच भनाभन

 फागुन २, २०७५ बिहिबार १५:५१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसदीय समितिमा छलफलको एजेण्डाबारे समिति सदस्य र सभापतिबीच भनाभन भएको छ । 

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा सभापति विमल श्रीवास्तव र समिति सदस्यहरुबीच छलफलको एजेण्डालाई लिएर भनाभन भएको हो । 

समितिका बैठकहरुमा सदस्यहरुको उपस्थिति न्यून बन्दै गएपछि समय समयमा उपस्थिति संख्याबारे आवाज उठ्दै आएको छ । यसअघि उपस्थितिलाई लिएर सामान्य प्रश्न राख्ने गरिएको भए पनि बिहीबार भने समिति सदस्यहरुले सभापतिप्रति आक्रमक ढंगले प्रस्तुत भए । सभापतिले त्यस्तै शैली अपनाएपछि बैठककक्ष केहीबेर तनावपूर्ण बन्यो ।

२४ सदस्यीय समितिमा ११ जना मात्रै उपस्थित थिए । सभापतिले निर्णयका लागि मात्रै कोरम नपुगेको तर बैठक संञ्चालनका लागि पुगेको भन्दै सदस्यहरुलाई बैठक सुरु गराउन गरेको आग्रहका बाबजुत उपस्थित केही सदस्य पनि बैठक कक्षबाट बाहिरिएका थिए । त्यसपछि बैठक अनौपचारिक छलफलमा सीमित बन्यो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया