चट्याङ लागेर दाङमा एक वृद्धा घाइते, दुई घर जले

 फागुन ३, २०७५ शुक्रबार ११:१६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ को चन्दनपुरमा चट्याङ पर्दा एक वृद्धा घाइते हुनुभएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी ७० वर्षीया मोती विक घाइते भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । 

शुक्रबार राति करिब ३ बजेको समयमा परेको चट्याङले दुईवटा घरसमेत जलेर नस्ट हुँदा करिब पाँच लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।

चट्याङमा परेर घाइते हुनु भएकी विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि घोराही रिफर गरेको लमही अस्पतालले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया