रक्षामन्त्री पोखरेलले गरे सेनाकाे तालिमको निरीक्षण

 फागुन ५, २०७५ आइतबार १९:११:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले गरिरहेको सिनियर डिभिजन तालिमको निरीक्षण गर्नुभएको छ । 

सेनाको राष्ट्रिय सेवा दलले प्रदान गरेको तालिमको निरीक्षण गर्दै मन्त्री पोखरेलले राष्ट्र सेवामा लाग्न निर्देशन दिनुभयो । 

उहाँले तालिममा सहभागीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै शिल्ड तथा पुरस्कार पनि प्रदान गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

नेतृत्व तथा व्यक्तित्व विकास, सामान्य सैनिक कला, विपद् व्यवस्थापन र विपत्तिका समयमा स्वयमसेवकको रुपमा भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले नेपाली सेनाले देशभरिका विभिन्न निजी तथा सरकारी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई तालिम प्रदान गर्दै आएको छ । 

यस वर्ष मात्रै सेनाले ७७ जिल्लाका २१६ विद्यालयहरुबाट ७ हजार सात सय जना छात्रछात्राहरुलाई तालिममा सहभागी गराएको जनाएको छ । जसमध्ये तालिममा उत्कृष्ट प्रदर्शन गर्ने ५ सय १४ जनालाई आज सम्मान गरिएको निर्देशनालयले जनाएको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया